अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
साेलुखुम्बु – हवाई जहाजमार्फत सोलुखुम्बुको लुक्ला जाने सबै यात्रुको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने भएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सबै एअरलाइन्स कम्पनीलाई पत्र लेखेर पीसीआर नेगेटिभ भएका यात्रुलाई मात्र उडान अनुमति दिन भनेको हो । पर्यटकीय सिजनमा निकै व्यस्त हुने तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तारा, सीता र समिट एअरले उडान गर्छन् । असोज–कार्तिम महिना सगरमाथा क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण हुने महिना हुन् ।
अघिल्ला वर्षहरुमा यो समयमा दैनिक ८० भन्दा बढी उडान हुने गरेका थिए । तर यस वर्ष सुनसान भएको विमानस्थलमा सरकारले उडान खुला गरे पनि गाउँपालिकाले पीसीआर नेगेटिभ रिपोर्ट विना उडान अनुमति नदिने बताएको हो ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै बन्द रहेको आन्तरिक उडान साेमबारदेखि सुरु हुँदैछ ।