बलिवुड अभिनेत्री पायल घाेषले अनुराग कश्यपमाथि याैन उत्पीडनकाे आराेप लगाइन्

 असोज ४, २०७७ आइतबार १४:४६:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेत्री पायल घोषले फिल्म निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । 

पायल घोषले अनुराग कश्यपको ट्विटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले मसँग जबर्जस्ती गरे । नरेन्द्र मोदीजी उनीविरुद्ध कारबाही गर्नुस् र सत्य के हो देशले थाहा पाओस् । यो भन्नु मेरो लागि नोक्सानदायी र सुरक्षाको खतरा हो । कृपया मद्दत गर्नुस् ।’  

पायलको यो ट्वीटलाई अभिनेत्री कङ्गना रनावतले रिट्वीट गर्दै मीटू ह्याशट्याग लगाउँदै लेखेकी छिन्, ‘सबै आवाजले उत्तिकै महत्त्व राख्छ । अनुराग कश्यपलाई पक्राउ गर ।’
पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रीय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पूरै घटनाको जानकारी माग्नुभएको छ । 

यसै विषयमा अनुराग कश्यपले मध्यरात साढे १२ बजेतिर चार वटा ट्वीट गरेका छन् । उनले ट्वीटमा आफूमाथि लागेको आरोप तथ्यहीन भएको बताएका छन् । 
विशेषगरी अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिवुडमा आरोप–प्रत्यारोप बढिरहेको छ । 

सुशान्त सिंह राजपूतका परिवारले अभिनेत्री रिया चक्रवर्तीमाथि आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् । मुद्दा दर्ता भएपछि रिया चक्रवर्ती एक वर्गको निसानामा परेकी छिन् । 

यो मुद्दामा मिडियाले उठाएको बहसलाई मिडिया ट्रायलको नाम पनि दिइएको छ । केही व्यक्तिहरु यो कदमको आलोचना गर्दै अदालतको निर्णय कुर्नुपर्ने बताइरहेका छन् । 

यी दुई पक्षबीच अहिले बलिवुड बाँडिएको देखिएको छ । अनुराग कश्यप पनि यस विवादको केन्द्रमा छन् । अभिनेत्री कङ्गना रनावत र अनुरागबीच सामाजिक सञ्जालमा धेरैजसो मौखिक लडाइँ भइरहन्छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया