नेकपा सचिवालय बैठक : मन्त्रिमण्डल पुनर्गठनबारे छलफल

 असोज ४, २०७७ आइतबार १६:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल गरेकाे छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएकाे हाे । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको पनि उहाँले बताउनुभयो । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । कसलाई पठाउने भन्ने विषयमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।

यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुने गरी बैठकमा छलफल भएको उहाँले बताउनुभयो । याे विषयमा निर्णय भने भएको छैन ।

पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा साेमबार छलफल गरी निर्णय हुनेछ । यस्तै सङ्घीय सांसदहरुले कोभिडको अवधिको बैठक भत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो । बैठक साेमबार एक बजेका लागि बोलाइएको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया