काठमाण्डाैमा मात्रै ६०२ सङ्क्रमित थपिए

 असोज ४, २०७७ आइतबार १६:३८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा सात सय ६७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाैमा ६ सय दुई जना, भक्तपुरमा एक सय एक जना र ललितपुरमा ६४ जनामा सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै गएको २४ घण्टामा काठमाण्डाै उपत्यकामा सात सय ६७ सहित देशैभर एक हजार तीन सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेकाे छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया