सनले चार गोल गरेपछि टोटनह्यामको सानदार जित

 असोज ४, २०७७ आइतबार १८:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले साउथह्याम्पटनमाथि सानदार जित दर्ता गरेको छ । 

घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटन टोटनह्यामसँग पाँच–दुईले पराजित भयो । खेलमा सुरुवाती अग्रता लिए पनि साउथह्याम्पटनले जित्न भने सकेन ।  

टोटनह्यामका लागि दक्षिण कोरियाका फुटबलर सन हङ मिन एक्लैले चार गोल गरे । उनले पहिलो हाफको थपिएको दोस्रो मिनेटमा, ४७ औँ मिनेटमा, ६४ औँ मिनेटमा र ७३ औँ मिनेटमा गोल गरे । टोटनह्यामका लागि ह्यारी केनले ८२ औँ मिनेटमा गोल गरे ।  

साउथह्याम्टनका लागि ड्यानी इङ्ग्सले ३२ औँ र ९० औँ मिनेटमा सान्त्वना गोल गरे । आजै राति सवा नौ बजे चेल्सी र लिभरपुल खेल्दै छन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया