च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
सिन्धुपाल्चोक – चौतारा बसपार्क–सिपाघाट–कात्तिके–काठमाण्डौ सडकको झ्याडी–देउराली खण्ड स्तरोन्नति कार्यको शुभारम्भ भएको छ ।
वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल तथा सामाजिक विकस मन्त्री युवराज दुलालले सडकको संयुक्त शुभारम्भ गर्नुभएको हो । १२ किलोमिटर लामो सडक स्तरोन्नतिको सम्झौता भएको हो ।
श्री प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालीले स्तरोन्नतिको जिम्मा लिएको यो काम २०७९ असार २७ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री फुयालले यस क्षेत्रका अन्य सडक पनि विभिन्न आयोजनामार्फत बहुवर्षीय ठेक्का लगाएर स्तरोन्नतिका लागि सहयोग गर्ने बताउनुभएको छ ।
त्यस्तै प्रदेशका सामाजिक विकासमन्त्री दुलालले चुनावको बेलामा जनताले आफूहरुलाई भोटको बाकस दिएको र त्यसको जवाफमा यस्तै खालका विकासको बाकस लिएर जनतासामु आएको बताउनुभयो ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशलाल तामाङले सडक नै समृद्धिको आधार भएको बताउनुभयो ।
त्यस्तै नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालले निर्वाचनताका गरिएको घोषणापत्रको प्रबिद्धताअनुसार यस्तो सम्झौता गरिएको धारणा राख्नुभयो ।