फेवातालमा फेरि डुङ्गा चल्न थाले

 असोज ४, २०७७ आइतबार २०:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पर्यटकीय नगरी पोखराकाे फेवातालमा लामो समयपछि डुङ्गा सञ्चालनमा आएको छ ।

लकडाउनका कारण लामो समयदेखि बन्द डुङ्गा असोज २ गतेदेखि सञ्चालनमा आएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण डुङ्गा ६ महिनादेखि बन्द रहेको थियो ।

सरकारले असोज १ गतेदेखि नै डुङ्गा सञ्चालनको अनुमति दिइए पनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो । उहाँले सरकारले दिएको निश्चित मापदण्डअनुसार डुङ्गा सञ्चालन सुरु गरिएको बताउनुभयो । 

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडासमेत नबढाइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया