अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ७० लाख नाघ्यो

 असोज ५, २०७७ सोमबार ९:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३२ हजार ५ सय नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो । पछिल्लो २४ घन्टामा २ सय ९१ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा २ लाख ५ हजार १ सय १५ पुगेको छ ।

भारतमा भने गएको २४ घण्टामा ८७ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ८७ हजार ३ सय ८२ पुगेको छ । अहिलेसम्म विश्वभर ३ करोड १२ लाख १९ हजार कोरोना सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ७ सय ३५ जनाको ज्यान गएको छ । २ करोड २८ लाख १ हजार सङ्क्रमित उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ । 

यस्तै पहिलो चरणको सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । जापानमा ७९ हजारभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यहाँ कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २० पुगेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया