शरीरमा ब्राउन सुगर लुकाएर राखेकाे अवस्थामा एक पक्राउ

 असोज ५, २०७७ सोमबार १३:५५:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा ब्राउन सुुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टीटोलका ३५ वर्षीय महिन अन्सारी तीन सय २५ ग्राम ब्राउन सुुगरसहित पक्राउ परेका हुन् ।

अन्सारीलाई प्रहरीले दाङको लमही नगरपालिकाको अमेलियाबाट पक्राउ गरेको हो । अन्सारीले शरीरमा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हो ।

बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य झण्डै ७५ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया