सप्तरीका उज्यालाेकर्मी यादव सम्मानित

 असोज ५, २०७७ सोमबार १४:३९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीलाई पूर्ण सरसफाइयुक्त बनाउन अहम् भूमिका निर्वाह गर्ने पत्रकार शुभनारायण यादवसहित एक दर्जन बढी व्यक्ति सम्मानित भएका छन् । 

सप्तरी जिल्लालाई कार्य क्षेत्र बनाइ विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहनुभएका पत्रकार यादवले विभिन्न नगरपालिका तथा गाउँपालिकालाई खुला दिशामुक्त सँगै पूर्ण सरसफाइयुक्त बनाउन अहम् भूमिका निर्वाह गरेकाे भन्दै एसएनभी र सबल नेपालले उहाँलाई प्रमाणपत्र र दाेसल्लासहित सम्मान गरेकाे हाे । 

यस्तै जिल्लालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्नमा महत्तवपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव मनोज, गेसस महासङ्घका अध्यक्ष शम्भु नन्दन चाैधरी, जिल्ला खानेपानी कार्यालयका शेलैश झा, सबल नेपालका आयुष श्रेष्ठ, सगरमाथा अपाङ्ग कल्याण सङ्घका अध्यक्ष बलदेव मण्डलसहितलाई सम्मान गरिएकाे हाे । 

यसैगरी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, वडा नं १ काे बाराही वीरपुरका वडाध्यक्ष विनोदकुमार यादव, वडा नं ७ की वडाध्यक्ष प्रमिला यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव, वडा नं ६ का वडाध्यक्ष बहादुर सदा, वडा नं ७ का वडाध्यक्ष बिन्देश्वरी साह, वडा सदस्य राम कुमार रायसमेत सम्मानित भए । 

यस्तै सबल नेपालका परमेश्वर झा, देवेश चाैधरी र अनिता यादवलाई समेत दोसल्लाह र प्रमाणपत्रसहित सम्मान गरिएकाे हाे ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया