आईपीएल २०२० : सनराइजर्स र बेङ्ग्लाेरबीच प्रतिस्पर्धा हुँदै

 असोज ५, २०७७ सोमबार १६:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । राति पौने आठ बजेपछि यी दुईबीचको खेल सुरु हुनेछ । 

सन् २०१६ मा उपाधि जितेको सनराइजर्स बेङ्ग्लोरका लागि कडा चुनौतीको रुपमा उपस्थित हुनेछ । यी दुवै टिममा विस्फोटक ब्याट्सम्यान रहेका छन् । बेङ्ग्लोरले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।  

सनराइजर्स हैदराबाद डेभिड वार्नरको कप्तानीमा र रोयल च्यालेन्जर्स बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रँदै छ । 

यी दुई टिम १४ पटक आमनेसामने हुँदा हैदराबादले सात खेल जितेकाे छ भने बेङ्ग्लाेरले ६ खेल जितेकाे ६ । एक खेल भने बराबरी भएकाे छ । 

यस्तो छ सनराइजर्सको सम्भावित ११–

डेभिड वार्नर, जोनी बेयर्स्ट्रो, मनिष पाण्डे, विराट सिंह, विजय शङ्कर, अब्दुल समाद, मोहम्मद नबी, राशिद खान, भुवनेश्वर कुमार, खलील अहमद, सिद्धार्थ कौल सन्दीप शर्मा ।

यस्तो छ बेङ्ग्लोरको सम्भावित ११–  

एरोन फिन्च, देवदत्त पडिक्कल पार्थिव पटेल, विराट कोहली, एबी डी भिलियर्स, गुरकीरत सिंह, शिवम् दुवे, वाशिङ्टन सुन्दर, क्रिस मोरिस, डेन स्टेन, नवदीप सैनी, युजविन्द्र चहल 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया