सुनको भाउमा फेरि नयाँ रेकर्ड
चैत १६, २०८० शुक्रबार
दाङ – राप्ती गाउँपालिका ४ काे शान्ति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएको नयाँ टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय देउखुरी, सब डिभिजन वन कार्यालय राप्तीको वन कर्मचारीहरुले झण्डै दुई सय व्यक्तिले अतिक्रमण गरी २५ वटा प्लटमा बनाएकाे टहरा हटाएका हुन् ।
‘याे भर्खर मात्रै अतिक्रमण गरिएको क्षेत्र रहेछ । हामीलाई खबर भएपछि टोली पुग्यो र अतिक्रमण क्षेत्रका टहरा हटाइयो’, डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत लालबावु यादवले भन्नुभयो, ‘जग्गाको पुर्जा पाइने लोभले वन क्षेत्र अतिक्रमण गरेको पाइयो ।’
सहायक वन अधिकृत यादव र टंकबहादुर गुरुङकाे नेतृत्वमा वन कर्मचारीसहित सुरक्षाकर्मी परिचालन भएका थिए । अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइएको थियो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।