सोलुखुम्बुमा करेन्ट लागेर वडा अध्यक्षको ज्यान गयो

 असोज ६, २०७७ मंगलबार ११:५०:२८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ज्यान गएको छ ।

आज बिहान आफ्नै घरको छतमा जाने क्रममा बोकेको रडले विद्युतको तारमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । तामाङको शवलाई अहिले फाप्लु अस्पतालको शव गृहमा राखिएको छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया