'डा. गाेविन्द केसीलाई डाक्टरकै सल्लाहमा ट्रमा सेन्टर पुर्‍याउन प्रहरीले सहयाेग गरेकाे हाे'

 असोज ६, २०७७ मंगलबार १८:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डाक्टर गाेविन्द केसीमाथि प्रहरीले दुर्व्यवहार गरिएकाे भन्ने समाचारप्रति आफ्नाे ध्यानाकर्षण भएकाे महानगरीय प्रहरी कार्यालय रानीपाेखरीले बताएकाे छ । 

प्रहरीले डाक्टर केसीलाई दुर्व्यवहार गरेकाे नभइ उहाँकाे स्वास्थ्य अवस्थालाई ध्यानमा राखी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएकाे कार्यालयले जनाएकाे छ । मङ्गलबार एक ट्वीट गर्दै कार्यालयले भनेकाे छ, 'उहाँकाे स्वास्थ्यलाई ध्यानमा राखी डाक्टरकाे सल्लाहअनुसार ट्रमा सेन्टर पुर्‍याउन नेपाल प्रहरीले पहल गरेकाे हाे ।'

शिक्षण अस्पताल र वीर अस्पताललाई कोडिभ अस्पताल बनाइएकाले डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको प्रहरीको प्रतिक्रिया छ ।

गएको भदौ २९ गते जुम्लामा अनसन सुरु गर्नुभएका केसी साेमबार नेपालगञ्ज आउनुभएको थियो । जहाज नपाएपछि साेमबार उतै रोकिनुभएका उहाँ मङ्गलबार काठमाण्डौ आउनुभएको हो । उहाँले अनसनलाई निरन्तरता दिने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • suresh prasad regmi

    Sept. 22, 2020, 8:13 p.m.

    कति राम्राे तरिका हाे सहयाेग गर्ने कठालाे समाति जबरजस्ति ।।।। मैले बल्ल तरिका सिके। लाैन मलाई पनि व्यवस्था मिलाईदिनुस २-४ जना भ्रष्ट पुलिसलाई राम्रै संग स्वर्ग पुर्‍याउन सहयाेग गर्छु😤😤😤

  •  0 Reply

तपाईको प्रतिक्रिया