डाक्टर गाेविन्द केसीलाई शिक्षण अस्पताल लगियाे

 असोज ६, २०७७ मंगलबार १८:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अनसनरत डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल लगिएको छ । मङ्गलबार नेपालगञ्जबाट काठमाण्डौ आएपछि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याएकाे थियो ।

ट्रमा सेन्टरले डाक्टर केसीलाई डिस्चार्ज गरेपछि उहाँ अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुनुभएको छ । डाक्टर केसीको आग्रहपछि ट्रमा सेन्टरले डिस्चार्ज गरेको उहाँका सहयोगी प्रितम सुवेदीले उज्यालोलाई जानकारी  दिनुभयो ।

उहाँलाई इमर्जेन्सी वार्डमा भर्ना गरिए पनि स्वास्थ्य समस्या भने सामान्य रहेको सहयोगी सुवेदीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया