आईपीएल २०२० : टस जितेकाे चेन्नई राजस्थानविरुद्ध बलिङ गर्दै

 असोज ६, २०७७ मंगलबार १९:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । टस जितेकाे चेन्नईले पहिले बलिङ गर्ने निर्णय गरेकाे छ । 

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । 

पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।

यस्ताे छ राजस्थानकाे प्लेइङ ११

यशस्वी जयसवाल, रबिन उथापा, सन्जु सामसन, स्टेभेन स्मिथ, डेभिड मिलर, रियान पराग, श्रेयस गाेपाल, टम करन, राहुल टेवटिया, जाेफ्रा आर्चर र जयदेव उनादकाट ।

यस्ताे छ चेन्नईकाे प्लेइङ ११

मुरली विजय, शेन वाट्सन, फाफ डु प्लेसी, रुतुराज गायकवाद, एमएस धाेनी, केदार जाधव, रवीन्द्र जडेजा, सम करन, दीपक चाहर, पीयूष चावला र लुङ्गी एन्गिडी ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया