होस् गुमाएका प्रकाश साउदीको अस्पतालमा अलपत्र, नेपालमा परिवार भेटिएन

 असोज ७, २०७७ बुधबार ८:५८:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ ।

बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रकाशको पासपोर्ट नम्बर मात्र  छ । तर त्यो पासपोर्ट हस्तलिखित भएकाले जिल्लासमेत थाहा हुन नसकेको दूतावासले जनाएको छ । प्रकाश बोल्न नसक्ने र होसमा पनि नभएकाले उहाँबाट परिवारको बारेमा जानकारी लिन नसकिएको दूतावासले जनाएको छ ।
पासपोर्ट नम्बरको आधारमा जाँच गर्दा प्रकाश दैलेख ओभरसिजमार्फत सन् २०११ साउदी गएको देखिन्छ । प्रकाशलाई यदी तपाईँले चिन्नुभएको छ या उहाँको परिवारको बारेमा थाहा छ भने साउदीमा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या [email protected]मा इमेल गर्न अथवा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा ०१५७०६१०२, ९८५११७४९९९ मा  खबर गर्न सकिन्छ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया