पहिरोले जीप पुर्दा एक जनाको ज्यान गयाे

 असोज ७, २०७७ बुधबार १२:०:५४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको देउरालीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ ।

काठमाण्डौबाट हेटौंडाका लागि छुटेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो जीप पहिरोले पुर्दा एक पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार माथिबाट खसेको चट्टान र माटोले जीप पुरिएको हो ।

पहिरोमा बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पनि पुरिएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया