पहिरोमा परेर दुई वटा कण्टेनर पुरिए

 असोज ७, २०७७ बुधबार १२:४०:४७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरो खस्दा दुई वटा कण्टेनर पुरिएका छन् ।

काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कण्टेनर र मुगलिनबाट काठमाण्डाैका लागि छुटेको एचआर ३३–९९०१ नम्बरको भारतीय कण्टेनर सडकमाथिबाट खसेको पहिरोमा परेर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका वडा नम्बर १ को गलौदीमा बिहान सडक माथिबाट खसेको पहिरोले गुडिरहेको कण्टेनर पुरिएको हो । पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं गाडी रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालय र गजुरी गाउँपालिकाको पहल भैरहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया