कृषि कर्म गर्नेले अब निराश हुनुपर्दैन, नयाँ व्यवस्था आउँदैछ : कृषिमन्त्री भुसाल

 असोज ७, २०७७ बुधबार १३:२४:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गर्नुभयो ।

उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिनुभयो । 'नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनुपर्दैन', मन्त्री भुसालले भन्नुभयो, 'कृषकले उत्पादन गरेको हरेक वस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।' 

कृषि क्षेत्रमा अहिले सयौँ समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई/तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राख्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैबाट सुशासनकाे काम सुरु गरेको बताउनुभयो ।

सरकारले ठिक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुसालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको बताउनुभयो । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताउनुभयो । 'सरकार अगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ', मन्त्री भुसालले भन्नुभयो, 'यो सरकार संविधानभित्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठिक ढङ्गले सञ्चालन भइरहेका छन् ।'

अन्तिम अपडेट: बैशाख ७, २०८१

4 Comments

  • krishna limbu

    Sept. 24, 2020, 1:44 p.m.

    बजारको सुनिश्चितता,आवश्यकताअनुसार सरकारी अनुदानर,सहुलियत ऋण सहज उपलब्ध हुने ब्यावस्था भए धेरै राम्रो हुनेथियो ।

  •  0 Reply
  • Hopal

    Sept. 23, 2020, 9:39 p.m.

    नेता को कुरा खोला को गीत

  •  0 Reply
  • शिवराज पौडेल

    Sept. 23, 2020, 8:31 p.m.

    जुन देशमा उखु किसानले उत्पादन गर्छन् ,चिनि मिल साहुले पेलेर चिनि ,सखर उखु बाट बन्ने जे जे छन् सबै बेचेर पैसो कुम्लाउछन्,,उखुको पैसा नपाएर ,साहुको ऋण तिर्न नसकेर किसान आत्महत्या गर्छन् अनि सरकार ,मन्त्री भनेका हरु कानमा तेल,आँखामा पट्टी बाधेर बस्छन् ,तिनिहरु संग के आस गर्नुु खै

  •  0 Reply
  • Buddhi Purja

    Sept. 23, 2020, 1:54 p.m.

    माननीय मन्त्रीज्यू किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि स्थानीय स्तरमा बिक्रीकेन्द्र जिल्ला र प्रदेशमा पनि बिक्रीकेन्द्र स्थापना गर्दै कृषिजन्य वस्तुको उचित मूल्य निर्धारण गर्न जरुरी। जसले बिचौलिया र दलालहरु विस्थापित हुने र उपभोक्ताले सस्तो सुलभमा उपभोग गर्न पाउनेछन्

  •  0 Reply

तपाईको प्रतिक्रिया