बारबर्दिया नगरपालिकाका वडाध्यक्षकाे काेराेना सङ्क्रमणबाट ज्यान गयाे

 असोज ७, २०७७ बुधबार १४:५८:४९ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बर्दिया – बर्दियाकाे बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष सूर्यबहादुर थारुको निधन भएको छ ।

नेपालगञ्जकाे भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ३९ वर्षीय थारुमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार थप पाँच जनाको ज्यान गएको छ । बुधबार ललितपुर र बाँकेमा दुई/दुई जना र मोरङमा एक जना सङ्क्रमितको ज्यान गएको हो । 

अन्तिम अपडेट: चैत २९, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया