मुग्लिन–नारायणगढ सडक फेरि ठप्प

 असोज ७, २०७७ बुधबार १७:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मुग्लिन-नारायणघाट सडक खण्ड फेरि ठप्प भएको छ । बुधबार बिहान गएको पहिरो हटाएर केही बेर गाडी चलाउन थाले पनि दिउँसाे फेरि चार किलोमा पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

ठूलो पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेर सडकमा बसेकाले दुईतर्फी नै गाडी रोकिएकाे प्रहरीले जनाएको छ ।

वर्षा भएसँगै पहिरोको खतरा भएकाले यो सडक खण्डको यात्रा जोखिमपूर्ण छ । यस्तै पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा भने अहिले एकतर्फी सडक खुलेको  छ । त्यहाँ बुधबार बिहान सडकमाथिबाट खसेको पहिरोले दुई वटा कन्टेनर पनि पुरिएको थियो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया