विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

भारत र बङ्गलादेशमा सबैभन्दा धेरै असर

 असोज ९, २०७७ शुक्रबार ६:२३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढी पहिरो, खडेरी आँधीबेहरीबाट उनीहरु प्रभावित हुन पुगेका एक प्रतिवेदनले जनाएको छ । इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा मानव समुदाय एकपछि अर्को गर्दै जोखिममा पर्दै गएको समेत उल्लेख छ ।

५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र काेराेनाबाट प्रत्यक्ष प्रभावित भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको छ । यी दुई देशको झण्डै ४ करोड व्यक्ति बाढी, आँधी र कोराेनाबाट प्रभावित भएका छन् ।

काेराेनाले पनि प्रत्यक्ष रुपमा विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ । सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया