लोक सेवा आयोगको राेकिएका परीक्षा दशैँ लगत्तै

 असोज ९, २०७७ शुक्रबार १८:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएको लोक सेवा आयोगको परीक्षा दशैँ लगत्तै हुने भएको छ । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो । 

आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८ गते प्रथम, १९ गते द्वितीय र २० गते तृतीय विषयको परीक्षा हुनेछ । 

त्यस्तै व्यवस्थापिका संसद् सेवाको २१ र २२ गते हुनेछ । आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद् सेवातर्फको परीक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ । 

यस्तै नासु तहको परीक्षा मङ्सिर ७ गतेदेखि सुरु हुनेछ । सुब्बाको द्वितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परीक्षा ७ गते र तृतीय पत्र सेवाअनुसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया