टाटा मोटर्सको दशैँ अफर, ४ लाखसम्म नगद छुट

 असोज ९, २०७७ शुक्रबार २०:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले टाटा मोटर्स दशैँ अफर सार्वजनिक गरेको छ । सिप्रदीले विजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुका लागि यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारको व्यवस्था छ ।

यस्तै जुनसुकै गाडीको एक्सचेन्जमा पचास हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।  

दशैँको अवसरमा ग्राहकले टाटा मोटर्सको जुनसुकै शाे रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजलगायतका गाडीहरु अवलोकन, टेस्ट ड्राइभ तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया