६० रुपैयाँमा एक किलो प्याज

 असोज १०, २०७७ शनिबार ९:१:१५ | रासस
unn.prixa.net

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ ।

लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गर्न थालेको हो ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई ६० रुपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६ सय किलाे प्याज सरकारले बरामद गरेको छ । एक जनालाई तीन किलोसम्म दिन थालेको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौ उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Amit

    Sept. 26, 2020, 10:26 a.m.

    धेरै राम्रो प्रयास। plz यो उपत्यका बाहिर पनि लागू गरियोस् बुटवल मा पनि यो हुन जरुरी छ। यहाँ पनि प्याजको भाउ निक्कै बढाइएको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया