नारायणीले बगाएको गैँडाको केटो भारत पुग्यो

 असोज १०, २०७७ शनिबार १०:३७:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट बाढीले केटो बगाएको हो । निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार तीन वर्षको केटोलाई नदीले बगाएको हो ।

बाढीले केटोलाई बगाएर भारत पुर्याएको उहाँले जानकारी दिनुभयो । भारत पुगेको केटोको अवस्थाबारे अहिलेसम्म जानकारी पाउन नसकेको र भेटिएपछि खबर गर्न भनेको पनि अधिकारीले बताउनुभयो । विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए ।

निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया