बजार खुले पनि मालवस्तु नहुँदा व्यापार शून्य रहेको व्यापारीको गुनासो

 असोज १०, २०७७ शनिबार १४:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - व्यवसायीहरुले बजार खुले पनि पर्याप्त मालवस्तु नहुँदा व्यापार शून्य रहेको गुनासो गरेका छन् ।

दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा चीनतर्फको केरुङ नाकाबाट मालवस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीको भनाइ छ । लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायतका वस्तुको व्यापार धेरै हुने समयमै आयात रोकिँदा समस्या भएको व्यवसायीको गुनासो छ ।

दशैं तिहारको सबैभन्दा ठूलो व्यापार हुने काठमाण्डौको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रका व्यापारीहरुले यसपटक सामाग्री नहुँदा देशैभरिको बजारमा चहलपहल नभएको बताएका छन् । न्यूरोडका व्यापारी उपेन्द्रप्रसाद शर्माले चीनतर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको पनि अभाव हुनसक्ने बताउनुभयो ।

कोरोनाका कारण केरुङ नाकामा आएका १ हजारभन्दा धेरै कन्टेनर पनि रोकिएका छन् । व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया