डाक्टर गोविन्द केसीका समर्थक माइतीघर मण्डलाबाट पक्राउ

 असोज १०, २०७७ शनिबार १७:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - डाक्टर गोविन्द केसीका माग पूरा गराउन दबाब दिँदै काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका युवालाई प्रहरीले पक्राउ गरेको छ । डाक्टर केसी अनशन बसेको १३ औं दिन भइसक्दा पनि माग पूरा गराउन सरकारले कुनै पहल नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

पक्राउ परेका १७ जना युवालाई भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा राखिएको छ । देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रणमा सरकार असफल भएको, सरकारको आलोचना गर्नेलाई विभिन्न बहानामा दु:ख दिने गरेको लगायत विषयमा उनीहरुले विराेध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा गर्नेहरुले 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा’, ’दूरदराजमा मेडिकल शिक्षा खै?’  लगायत लेखिएका पोष्टर बोकेका थिए ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया