मन्त्रिमण्डल हेरफेरबारे ओली र प्रचण्डबीचको आजको छलफल स्थगित

 असोज १०, २०७७ शनिबार १९:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको छलफल स्थगित भएको छ ।

बेलुकीतिर हुने भनिएको छलफल विशेष कारणवश आजका लागि स्थगित भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि उहाँले नै आज बेलुकीतिर दुई अध्यक्षबीच मन्त्रिमण्डल हेरफेरबारे छलफल हुन लागेको जानकारी गराउनुभएको थियो ।

पार्टीले दुई अध्यक्षलाई मन्त्रिपरिषद् पुनर्गठनबारेको जिम्मेवारी दिए पनि उहाँहरुबीच सहमति जुट्न सकिरहेको छैन । उहाँहरुबीच अबको एक/दुईदिनमै सहमति जुट्ने र मन्त्रिमण्डल हेरफेर हुने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

मन्त्रीहरु हेरफेरको मापदण्डबारे दुई अध्यक्षबीच छलफल भइरहे पनि कसलाई नियुक्ति गर्ने र कसलाई हटाउने भन्नेबारे सहमति जुट्न सकिरहेको छैन । उहाँहरुबीच सबै मन्त्री फेर्ने वा दुई वर्ष पूरा भएकालाई हटाउँने र बाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अरुलाई फेरबदल गर्ने भन्ने विकल्पमा छलफल भइरहेको नेकपाका एक नेताको भनाइ छ ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया