इङ्गलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको नाटकीय जित

 असोज १०, २०७७ शनिबार २०:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनसँगको खेलमा नाटकीय जित निकालेको छ ।

खेलको अन्तिम मिनेटसम्म म्यान्चेस्टर युनाइटेड २-१ ले अघि  थियो, तर ९५ औं मिनेटमा ब्राइटनका मार्चले गोल गरेर खेल २-२ को बराबरीमा पुर्याएका थिए । तर अन्तिम सेकेन्डमा युनाइटेडका खेलाडीले हानेको बल ब्राइटनका खेलाडीको हातमा लागेपछि युनाइटेडले पेनाल्टी पायो र ब्रुनो फर्नान्डेजले गोल गरेर युनाइटेडलाई ३-२ गोलले जिताए ।

युनाइटेडको जितमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरे भने  मार्कुस रास्फोर्ड एक गोल गरे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया