बिर्से गाउँका पाइला दरबार पुगेपछि

 असोज १०, २०७७ शनिबार २१:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

छबि बास्तोला नेचासल्यान, सोलुखुम्बु

बिर्से गाउँका पाइला दरबार पुगेपछि 
चमत्कार त्यो समृद्धि ठगदार पुगेपछि ।

आफ्नै लागि मरिमेट्ने बिर्सिएर अरुलाई
भुल्दछन् घोषणापत्र सरकार पुगेपछि ।

बेरोजगारी भोकमरी हत्या हिंसा जताततै 
धैर्यताको बाँध फुट्छ अत्याचार पुगेपछि ।

शान्ति छैन अमन चयन भताभुङ्ग छ
गाउँबस्ती जताततै मारामार पुगेपछि ।

गाउँ-गाउँमा सिंहदरबार भुकिरहेछन्
गरिबको आत्महत्या व्ययभार पुगेपछि ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया