आज पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

 असोज ११, २०७७ आइतबार ७:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पूर्वका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

गएको मंगलबारदेखि देशभरि नै पानी पारेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्वबाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज प्रदेश १ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ ।

यसैबीच नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविद्ले अनुमान गरेका छन् । पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको उहाँले बताउनुभयो । उहाँका अनुसार लानेन्या प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया