आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्याे

 असोज ११, २०७७ आइतबार १२:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । अस्ति सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी अस्ति तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया