डा. केसीको जीवनरक्षा गर्न नागरिक अगुवाहरुको माग

 असोज ११, २०७७ आइतबार १६:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक अगुवाहरुले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन् । विभिन्न क्षेत्रका २३ जना नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत डा. केसीको जीवन रक्षाको माग गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारका लागि १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेकोले कुनै पनि बेला परिस्थिति गम्भीर बन्न सक्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । अपिलमार्फत उनीहरुले यसअघि डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

केसीलाई अनसनस्थल जुम्लाबाट काठमाण्डौ ल्याएको एक हप्ता भइसक्दा पनि  सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको अपिलमा उल्लेख गरिएकाे छ । 

पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमा, कानुनविद् शम्भु थापा, भीमार्जुन आचार्यलगायतले संयुक्त अपिल निकालेर डा. केसीको जीवन रक्षा गर्न र उहाँले उठाउनुभएको माग पूरा गर्न सरकारसँग माग गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया