खुल्यो पाल्पा–बुटवल सडक

 असोज ११, २०७७ आइतबार १७:४९:३ | देव पचभैया
unn.prixa.net

पाल्पा – गएको शुक्रबारदेखि बन्द रहेको पाल्पा–बुटवल सडक ३ दिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकका दर्जनौँ स्थानमा झरेका पहिरो हटाएपछि आइतबार दिउँसो सवा ३ बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

ठूला ढुङ्गासहितको पहिरो झरेकाले बाटो सञ्चालनमा ल्याउन समय लागेको प्रहरीको भनाइ छ । तीन दिनसम्म बाटो बन्द हुँदा दर्जनौँ सवारी र सयौँ यात्रु अलपत्र परेका थिए । 

दुईतर्फी बाटो सञ्चालनमा आउन समय लाग्ने र जोखिमपूर्ण रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया