खाेलाले बगाउँदा दम्पतीकाे ज्यान गयाे

 असोज ११, २०७७ आइतबार १८:१०:२४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – खोला तरेर गाउँपालिका जाने क्रममा मकवानपुरगढीका श्रीमान् र श्रीमतीलाई खोलाले बगाएको छ । सामरी खोलाले बगाएका दम्पती मृत अवस्थामा भेटिएका छन् ।

मकवानपुरगढी गाउँपालिका ६ का ६५ वर्षीय का ज्ञानबहादुर परियार र उहाँकी श्रीमती की ६१ वर्षीय तुलसा परियारको सामरी खोलाले बगाएर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई खोलाले बगाएको देखेपछि स्थानीयले खबर गरेका थिए । दुवै जनालाई खोलाले बगाएर झण्डै एक किलोमिटर तलसम्म पुर्‍याएकाे थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया