आईपीएल २०२० : शारजाहमा राजस्थान र पञ्जाब खेल्दै

 असोज ११, २०७७ आइतबार १९:३४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करण अन्तर्गत अहिले राजस्थान रोयल्स र किङ्ग्स एलाभेन पञ्बाज प्रतिस्पर्धा गर्दैछन् । 

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह मैदानमा हुने खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । 

दुई खेल खेलेको पञ्जाबले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । अहिले ऊ अङ्क तालिकाको दोस्रो स्थानमा छ । 

एक मात्रै खेल खेलेको राजस्थानले दुई अङ्क बटुल्दै तालिकाको चौथो स्थानमा छ । 

यी दुई टिमबीच अहिलेसम्म १९ पटक भेट हुँदा राजस्थानले १० र पञ्जाबले नाै पटक जित हासिल गरेकाे छ । 

यस्तो छ राजस्थानको प्लेइङ ११–

जोस बटलर, स्टेभेन स्मिथ, सन्जु समसन, रविन उथापा, राहुल तेवतिया, रियान पराग, टम कुरान, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट र अङ्कित राजपूत । 

यस्तो छ पञ्जाबको प्लेइङ ११–  

मयङ्क अग्रवाल, लोकेश राहुल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, करुन नायर, सर्फराज खान, जेम्स नीशम, मुरुग्रन अश्विन, रवी बिशनोई, मोहम्मद शामी र शेल्डन केट्रोल ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया