थप १ हजार ३५१ जनामा काेराेना सङ्क्रमण, ७४२ जना डिस्चार्ज

 असोज १२, २०७७ सोमबार १६:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार ८० जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५१ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा सात सय ४२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।  

अब नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार तीन सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ८१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया