२४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय १७ जनामा कोरोना पुष्टि

 असोज १२, २०७७ सोमबार १६:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय १७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाैमा ६ सय ४९ जना, ललितपुरमा एक सय ३२ जना र भक्तपुरमा ३६ गरी आठ सय १७ जनामा कोरोना देखिएकाे हाे ।

साेमबार काठमाण्डाै उपत्यकामा आठ सय १७ सहित देशैभर एक हजार तीन सय ५१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ७४ हजार सात सय ४५ पुगेकाे छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया