लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ ।
राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । यूएई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यमा मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बेङ्ग्लोरले बिना विकेटको क्षति ११ रन बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
जितसँगै तालिकाको तेस्रो स्थानमा उक्लिएको बेङ्ग्लोरको ४ अंक भएको छ । हारेको मुम्बईको २ अंक छ ।