दूधकाेशी नदीमा ७० मेगावाट विद्युत उत्पादनकाे लागि दूधकाेशी हाइड्राेपावरलाई अनुमति

 असोज १४, २०७७ बुधबार ११:९:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – दूधकोशी हाइड्रोपावर नेपालले ७० मेगावाटको विद्युत् उत्पादनका लागि अनुमति पाएको छ ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा बिजुली उत्पादनको लागि विद्युत् विकास विभागबाट अनुमति पाएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिनुभयो ।

यसअघि सोलुखुम्बुमा थुलुङ दुधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत् गृह निर्माण गरी २३० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान सहित प्रक्रिया अगाडि बढाइएको थियो ।

तर दूधकोशी जलासययुक्त आयोजनाको कारण थुलुङ दूधकोशी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र वडा नम्बर ४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमति पत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिनुभयो ।

उर्जा मन्त्रालयको आवश्यक अध्ययनपछि वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने बित्तिकै निर्माणको काम सुरु गरिने जनसम्पर्क अधिकृत खनालको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया