शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै – आईएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता भएको छ । सम्झौताअनुसार त्यस क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आईएमईका एजेण्ट पार्टनरहरु वा आईएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौता पत्रमा आईएमई पे का तर्फबाट आईएमईका प्रदेश नम्बर २ इन्चार्ज अरुणकुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्दकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौताबाट ६ हजार पाँच सय १४ घरधुरी लाभान्वित हुने आईएमई ग्रुपले जनाएको छ ।
झण्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको आईएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो ।