काठमाण्डौमा ६९७ सहित उपत्यकामा थपिए ९०२ सङ्क्रमित

 असोज १४, २०७७ बुधबार १७:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डौमा ६ सय ९७, ललितपुरमा एक सय १२ र भक्तपुरमा ९३ जनामा कोरोना पुष्टि भएको हो ।

गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय दुईसहित देशैभर एक हजार पाँच सय ५९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७७ हजार आठ सय १७ पुगेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया