बाँकेमा पाेखरीमा डुबेर दुई जनाको ज्यान गयो

 असोज १६, २०७७ शुक्रबार १९:४६:५८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पाेखरीमा डुबेर दुई जनाको ज्यान गएको छ ।  

फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको पाेखरीमा पौडी  खेल्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका ९ काे बाँकेगाउँका १६ वर्षीय शिव शङ्कर शुक्ला र १४ वर्षीय विनाेद वर्माकाे पाेखरीमा डुबेर ज्यान गएको हो ।

दुवै जनालाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया