प्रज्ञा-पारमितामा सुनका अक्षर कोरिँदै, मर्मत सम्भार अन्तिम चरणमा

 असोज १९, २०७७ सोमबार १०:५१:२४ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

ललितपुर - तीन वर्षको एकचोटी मर्मत गरिने ललितपुरको हिरण्यवर्ण महा-विहारमा राखिएको ऐतिहासिक एवं सांस्कृतिक महत्वको प्रज्ञा-पारमिता पुस्तकको मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ ।

तीन वर्षमा एकचोटी मलमासको महिनामा प्रज्ञा-पारमिता पुस्तकको मर्मत गरिने परम्पराअनुसार यसवर्ष गएको असोज ४ गतेदेखि मर्मत थालिएको हो । अबको दुई तीन दिनमा मर्मतको काम सकिने हिरण्यवर्ण महाविहारका पुजारी चकराज बज्राचार्यले बताउनुभयो । मर्मत गरिने भनेर पुस्तकमा लेखिएका खुइलिएका सुनका अक्षरहरुमा माथि फेरि सुनको अक्षरले लेखिने गरिन्छ ।

दैनिक रुपमा पुस्तकलाई पूजा गरेर पाठ गरिने भएकोले खुइलिएका अक्षरहरु एवम् पानाहरुको मर्मतसम्भार मलमासको महिनामा गरिन्छ । यो महिनाभर पुस्तकको पाठ नहुने भएकोले यस समयमा मर्मत गर्ने गरिएको हो ।

अरु बेला ३०० पेज भएको सुवर्ण अक्षरले लेखिएकोे पुस्तकको ८०० वटा श्लोक पढेर पूजा गरिन्छ । किराँती राजा भाष्करदेव वर्माले निर्माण गराएको हिरण्यवर्ण महाविहार गोल्डन टेम्पलको नामबाट पनि चर्चित छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया