प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित

 असोज २०, २०७७ मंगलबार १५:४९:२२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइ बहुमतले पास भएको छ ।

प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारकाे मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका हुन् ।

संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमाथि भने अहिले मतदान भइरहेको छ । प्रदेशकाे नाम भने निश्चित जस्तै नै छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया