विदेशमा रोजगारी गुमाएर फर्किएकालाई रोजगारी दिन गण्डकी प्रदेशले तालिम दिने

 असोज २२, २०७७ बिहिबार १४:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा रोजगारी गुमाई फर्किएका र अन्य बेरोजगार व्यक्तिलाई रोजगारी दिन गण्डकी प्रदेशले सीप तालिम सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीका कारण विदेशमा काम गुमाएका वा काम छाडेर फर्किएका मात्र नभइ नेपालमै बेरोजगार भएकालाई पनि विभिन्न १६ वटा सीपमुलक तालिन दिने भएकाले आवश्यक कागजातसहित निवेदन दिन गण्डकी प्रदेश उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले अनुरोध गरेको छ ।

प्लम्बर, मोटरसाईकल मर्मत, इलोक्ट्रोनिक्स(फ्रीज, वासिङ्ग मेशिन, एसी मर्मत), लेथ अपरेटर(मेशनरी सामानको पाटपूर्जा बनाउने), छालाजुत्ता, चप्पल र झोला बनाउने, सिलाई कटाई, पेन्टिङ्ग र आल्मुनियम फिटिङको सीप सिकाइने छ । यस्तै, गाडी मर्मत, इलेक्ट्रिकल वाइरिङ्ग, मोवाईल मर्मत, कम्पुटर ल्याप्टप मर्मत, वायल्डिङ्ग ग्रील, सुनचाँदी(कालिगढ) टायल मार्वल बिछ्याउने र हेयर कटिङ्गको सीपतालिम सिक्न पाइन्छ ।

यी तालिम लिन इच्छुक भएमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, यसअघि कुनै तालिम लिएको भए त्यसको प्रमाणपत्र र भर्खरै जागिर गुमाएको वा रोजगार भए त्यसको विवरण पनि संलग्न गरी आफू बस्ने जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय वा उद्योग निर्देशनालयमा सिधै आवेदन दिन सकिन्छ ।

आवेदन आवश्यक कागजातसहित [email protected] मा गर्न सकिन्छ । आवेदन कात्तिक २० गतेसम्म दिन सकिन्छ ।

तर २० जनाभन्दा कम आवेदन परेमा तालिम सञ्चालन हुनेछैन भने आवेदकको माग र सङ्ख्या तथा आवश्यकताको आधारमा तालिम कार्यक्रम थपघट गरिने उद्योग निर्देशनालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

13 Comments

  • Bhupendra Bhujel

    Nov. 5, 2020, 11:52 a.m.

    Mobile traning

  •  0 Reply
  • Subash adhikari

    Nov. 4, 2020, 12:21 p.m.

    मोबाइल मर्मत

  •  0 Reply
  • प्रकाश भण्डारी

    Oct. 27, 2020, 10:02 p.m.

    I want to take this training and do something in my own country.

  •  0 Reply
  • Ujjal shrestha

    Oct. 19, 2020, 11:44 a.m.

    Electrical traning

  •  0 Reply
  • बिकश गौतम

    Oct. 19, 2020, 9:47 a.m.

    सुन चाँदी कलिगढ सिक्न चाहन्छु र स्वदेशमा काम गर्छु , साथै मिल्छ भने ईलेक्ट्रीकल वाइरिङ्ग /

  •  0 Reply
  • Ten Maya gurung

    Oct. 17, 2020, 9:42 a.m.

    to very good . but how can I get form

  •  0 Reply
  • Sagar shrestha

    Oct. 14, 2020, 4:51 p.m.

    Yes i agree for tranning

  •  0 Reply
  • Hem raj paudel

    Oct. 14, 2020, 2:47 p.m.

    म मोबाईल मर्मत तालिम लिन चाहन्छु

  •  0 Reply
  • Bishnu prasad bhatta

    Oct. 12, 2020, 3:15 p.m.

    म मोबाईल मर्मत तालिम लिन चाहान्छु

  •  0 Reply
  • bhim niraula

    Oct. 10, 2020, 10:51 a.m.

    where can i get all the details like form,require documents etc.?

  •  0 Reply
  • Ran bahadur shahi

    Oct. 9, 2020, 12:49 a.m.

    i needed this training

  •  0 Reply
  • सन्तोष लिम्बु

    Oct. 8, 2020, 10:15 p.m.

    मोबाईल मर्मत

  •  0 Reply
  • Lok Prasad poudel

    Oct. 8, 2020, 7:01 p.m.

    It is very good but how can I get the application form

  •  0 Reply

तपाईको प्रतिक्रिया