धार्केमा खुल्यो टाटा गाडीको सर्भिस सेन्टर

 असोज २२, २०७७ बिहिबार २०:३२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिप्रदी ट्रेडिङ  प्रालीले सम्पूर्ण टाटाका व्यावसायिक गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङकाे धार्केमा रहेको जुंगे खोलामा सर्भिस सेन्टर खोलेको छ ।

ग्राहकको मागअनुसार धार्केमा टाटा गाडीको सर्भिस सेन्टर खोलेको कम्पनीले जनाएको छ । सिप्रदीका कस्टुमर केयर कमर्सियल भेइकलका प्रमुख साम्देन लामाले भन्नुभयो, 'गाडी बेच्नु मात्र नभएर बिक्रीपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढिरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्रीपछिकाे सेवालाई उच्च प्राथमिकतामा दिँदै आइरहेको छ ।'

उहाँका अनुसार धार्केमा खोलिएको सर्भिस सेन्टरले राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकलाई सहजता प्रदान गर्नेछ ।

यसैबीच राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एसिस्टेन्सकाे मोबाइल वर्कशपबाट सेवा प्रदान गर्दै आइरहेको छ । जस अन्तर्गत २४ घण्टा, सात दिन उपलब्ध रहने निःशुल्क फोन नेपाल टेलिकम भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा एक कल फोन गर्दा समस्याको छिटोभन्दा छिटो समाधान पाइने कम्पनीले जनाएको छ ।   

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया