कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले दशैँलाई लक्षित गरी 'यो दशैँमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर' योजना ल्याएको छ ।
योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकले हात खाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्न सक्छन् ।
यस्तै योजनाअनुसार टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिप्पर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरुको खरिदमा ग्राहकहरुले वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, ट्याबलेट जस्ता आकर्षक उपहारसहित एक वर्षको फ्री सर्भिस कुपनसमेत पाउने छन् ।
त्यसैगरी बुकिङ गरेबापत पनि विभिन्न उपहारहरु पाउन सकिन्छ भने खरिद गर्ने ग्राहकमध्ये ३० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्रमार्फत आकर्षक बम्पर उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
अहिलेको प्रतिकूल परिस्थितिका बीच नजिकिएको दशैँमा ग्राहकहरुलाई केही खुसी प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको सिप्रदीले जनाएको छ ।
थप जानकारीको लागि : https://www.tatadashainoffer.com/